कल बाइपास आरोपमा ४६० वटा सिमसहित एकजना पक्राउ



काठमाडौं, माघ २५ । फोनकल बाइपास गरेको आरोपमा रुपन्देहीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपसारीको प्रतापपुर गाउँपालिका ८, नोडिहवाका २७ वर्षीय रोहित अहिर छन् ।

रुपन्देही सिद्धार्थनगरस्थित गुलाबचन्द गुप्ताको घरमा कोठा भाडामा लिएर विभिन्न उपकरण जोडेर कल बाइपास गर्ने गरेको प्रहरीले आरोप उनीमाथि लगाएको छ । उनको साथबाट स्पोइलर कम्पनी हब ९ थान, इन्टेल कोर आई ५ कम्पनीको सीपीयू ४ थान, मोडेम १६७ थान, एन्टेनासहितको हब २ थान, नेपाल टेलिकमको सिम १९० थान, एनसेल सिम २७० थान बरामद गरिएको प्रहरीको भनाइ छ ।

त्यस्तै उनको साथबाट एउटा एलसीडी मोनिटर, एउटा ल्यापटप, ५ वटा मोबाइलसहित इन्टरनेटको राउटर, स्विच, नेटवर्क भिडियो रेकर्डर र हब केबललगायत सामग्री पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

पक्राउ परेका अहिरमाथि कल बाइपास कसूरमा रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति: २०८१ माघ २५, शुक्रवार १३:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको