अध्यादेश पारित गराउन माओवादी संग एमालेको हारगुहार, फोनै उठाउदैन् प्रचण्ड



काठमाडौं, माघ २९। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले ल्याएको अध्यादेशमा सहयोग गरिदिन भन्दै नेकपा (माओवादी केन्द्र) का नेताहरुलाई फोन गरेका छन् ।

मन्त्री अधिकारीले अध्यादेशमा सहयोग माग्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सचिव देवेन्द्र पौडेलदेखि रेखा शर्मासम्मलाई फोन गरेको बताए ।  पत्रकार सँग संवाद गर्दै मन्त्री अधिकारीले आफूले प्रयास गरेपनि प्रचण्डले भने फोन नउठाएको गुनासो गरे ।

‘यहि उहाँले जनताको हितमा, राष्ट्रको हितमा काम गर्ने र जनताको पक्षमा बोल्ने हो भने उहाँले यो अध्यादेशलाई समर्थन गरेर आउनुपर्छ । मैले त भनिसकेको पनि छु उहाँहरुको पार्टीका साथीहरुलाई । प्रचण्डजीले फोन उठाउनु भएन, उहाँको स्वकीयलाई पनि मैले गरेको थिएँ । देवेन्द्र पौडेल, रेखा शर्मासँग मैले कुरा गरेको छु,’– मन्त्री अधिकारीले भने ।

आफूले माओवादी नेताहरुसँग ‘तपाईँहरुको माग के हो ? आफू छदा एउटा कुरा, आफू हट्नेवित्तिकै अर्को कुरा गरेर हुन्छ ? यो तपाई हामी समस्या हल गर्ने हो भने यसलाई एक भएर जानुपर्छ ।’ भनी संवाद गरेको मन्त्री अधिकारीले सुनाए ।

प्रकाशित मिति: २०८१ माघ २९, मंगलवार ११:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको