ब्राउन सुगरसहित दुई जना पक्राउ



जनकपुरधाम, माघ ३० । धनुषा प्रहरीले ब्राउनसुगरसहित दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका २ बस्ने २० वर्षीय मोहम्मद अल्तक राईन र २३ वर्षीय सन्मत अलि रहेको मधेस प्रदेश प्रहरी कर्यालय, जनकपुरले जनाएको छ ।

मंगलबार बेलुका प्रहरीले गणेशमान चारनाथ नगरपालिका ७ पोर्ताहा चोक स्थित ब्राउन सुगर जस्तो देखिने पदार्थ ५.०६ ग्राम सहित दुबैजनालाई नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईरालाले जानकारी दिए ।

प्रहरीको टोलीले सिरहाबाट काठमाडौँ तर्फ जाँदै गरेको प्र २–०१–००२ प ५३५३ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा मोटरसाइकलमा सवार दुबैजनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०८१ माघ ३०, बुधवार १९:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको