७ वटा गाइ सहित २ जना कारोवारी पक्राउ



राकेश यादव
रौतहट, फागुन १ । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर २ फतुवा महेशपुर बाट प्रहरीले ७ वडा गाइ सहित २ जनालाइ पक्राउ गरेको छ।

नेपाल बाट अबैध रुपमा भारत तर्फमा लैजादै गरेको अवस्थामा प्रहरीले २ जनालाइ पक्राउ गरेको हो। नेपाल बाट तस्करी गर्ने उदेश्यले भारतमा लैजादै गरेको ६ वटा गाइ र १ वटा बाछो सहित स्थानीय राजपुर नगरपालिका वडा नम्बर २ निवासी गाइ डोर्याउने ४३ वर्षीय ओहिद अन्सारी र यमुनामाई गाउपालिका वडा नम्बर ३ बस्ने शेख सोहेब आलमलाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बारामद भएको ६५ हजार मुल्य बरावारको ६ वटा गाइ सहित १ वटा बाछो र दुइ जना मानिसलाइ कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय बुझाइएको प्रहरी निरिक्षक उमा शंकर गुप्ताले जानकारी दिएका छन्।

प्रकाशित मिति: २०८१ फाल्गुन १, बिहीबार १५:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको