सप्तरी, फागुन १ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस कम्युनिष्टको कारण मुलुकको अर्थतन्त्र धराशायी हुँदै गएको आरोप लगाएका छन् ।
बिहीबार सप्तरीको खडक नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले ३५ वर्षदेखि शासन गर्दै आएका काँग्रेस र कम्युनिष्टका कारण मुलुको अर्थतन्त्र मात्र नभई शिक्षा,स्वास्थ्यलगायतका क्षेत्र चौपट्ट भएको बताए ।
अध्यक्ष यादवले भने,‘यिनीहरुकै षडयन्त्र र गलत नीतिका कारण देशमा उद्योग धन्दा चौपट्ट भएको छ ,शिक्षा क्षेत्र बर्वाद भएको छ । युवा शक्ति विदेश पलायन हुन बाध्य बनेका छने । स्वास्थ्य सेवा दिनानुदिन गुणस्तरहिन र महंगो हुँदै गएको छ । अर्थतन्त्र समाप्त हुँदै देश नै डुब्न लागेको छ।’
वैदेशिक ऋण २६ खर्व पु्गेको उल्लेख गर्दै बिदेश बाट कर्जा लिएर काँग्रेस कम्युनिष्टले भ्रष्टाचार गरेको आरोप लगाउँदै उनले भने,‘ ऋणको साँवा र ब्याज तिर्न सक्ने अवस्था छैन। आज देशमा गरिबी बढदै गएको छ । यसबाट पार पाउन वर्तमान सरकार र काँग्रेस कम्युनिस्टले सक्दैन । यिनीहरु संग न त भिजन छ नत ईमान्दार प्रयास नै ।’
विकासको मुख्य आधार शिक्षा, दोश्रो अधार सरकारी नेतृत्वको ईमान्दारिताको आवश्यकता औंल्याउँद अध्यक्ष यादवले सुशासन र स्वतन्त्र न्यालायको बिना दात्रि निकायले सहयोगसमेत नगर्ने टिप्पणी गरे ।
‘भूमि अध्यादेश मधेश समाप्त पार्ने षडयन्त्र हो ’,उनले स्पष्ट पारे ।
मधेशको जंगल बिनास गरेर बाहिरबाट मान्छे ल्याई मधेशलाई औपनिबेशिकीकरण गर्दै मरुभूमि बनाउने षडयन्त्र रहेको जिकिर गर्दै नेता यादवले मधेशका मुल बासिन्दालाई अल्पसंख्यक बनाई अधिकार खोस्ने षयडयन्त्र भईरहेको कारण भूमि अध्यादेशको जसपा नेपालले विरोध गरेको बताए ।

त्यसैगरि कार्यक्रममा जसपा नेपालका सचिव शैलेन्द्र प्रसाद साहले जसपा नेपाल सत्ता प्राप्तिकोलागि मात्रै राजनिती नगरेको पाटीको पछिल्लो निर्णयले प्रमाणित गरेको दावी गरे । मधेश विरोधी अध्यादेशलाई समर्थन नरेपछि सतामा जान ललायित रहेको आरोप लगाउनेहरुले मुँहतोड जवाफ पाएको टिप्पणी गरे ।
सो पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत, लोसपा, नेकपा एस तथा माओवादी पार्टी परित्याग गरि सयौं संख्यामा जसपा नेपालमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई गम्छा, माला र टीकालगाई अध्यक्ष यादव लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।




