राजविराज, फागन ३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रभावशाली नेता एवं उपमहासचिव प्रदीप ज्ञवालीले अध्यादेशको बिरोध गर्नु अस्थिरतालाई निम्त्याउने सरह हुने भन्दै यसलाई गम्भिरता पुर्वक अध्यन गरेर मात्र प्रतिक्रिया ब्यक्त गर्नका लागि आग्रह गरेका छन ।
राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका छन् । अस्थितरता पैदा गर्नूमा माओवादी अध्यक्ष प्रचण्ड अग्रपंक्तीमा रहेको भन्दै उनले आफृु सत्तामा रहदा सबै ठिक देख्ने अनी सत्ताबाट हट्ने वित्तिकै सबै बेठिक भयो भन्दै अस्थिरता निम्त्याउने प्रचण्डको स्वभाव नै रहेको बताए ।
उनले माओवादी अध्यक्ष प्रचण्ड अहिले राजावादीहरु संग हिमचिम बढाएको आरोप समेत लगाए । भुमिहीन तथा सर्वाहाराको हितका काम गरेको दाबी प्रस्तुत गर्ने माओवादीले ४ लाख भुमिहीनको समस्या समाधान हुने गरी ल्याइएको भूमि सम्बन्धि अध्यादेशको कसरी विरोध गर्न मिल्छ भनी प्रश्न गरे ।
माओवादी केन्द्र संगै जसपा, लोसपा लगायतले भूमिहीन सम्बन्धि अध्यादेशको मर्म र कुरै नबुझी बिरोध गर्न थालेको उनको टिप्पणी छ । बनजंगल तथा निकृुंज मासेर जग्गा बाड्ने उदेश्यले भूमि सम्बन्धि अध्यादेश ल्याइएको होइन भन्ने दाबीका साथ उनले ५० औं वर्ष देखी वसोवास गरेको जग्गाको स्वामित्वबाट बेदखल रहेका, आवासको हकको संबैधानिक ग्यारेन्टीबाट बञ्चित रहेको लगायत भुमिहीन जनताको समस्या समाधानका लागी यस्तो अध्यादेश ल्याइएको उनले प्रस्ट पारे ।
सरकार अभिब्यक्ती तथा प्रेस स्वतन्त्रताको विरोधमा छ भन्ने कुरा सोच्न पनि नसकिने दाबीका साथ उनले समाजिक सञ्जालमा चरित्र हत्या गर्ने, समाजिक सदभाव विथोल्ने तथा आत्महत्या गर्न सम्म ब्यक्तीलाई बाध्य तुल्याउने जस्ता कुकृत्य हुन थालेपछी त्यसको नियमन गर्न मात्र सरकारले चाहेको उनले जिकीर गरे ।
प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा एमालेका स्थायी कमिटी सदस्य एवं मधेश प्रदेश इन्चार्ज, लिलानाथ श्रेष्ठ, मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री एवं एमालेका केन्द्रिय सदस्य राज कुमार लेखी, एमालेका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, जिल्ला इन्र्चाज सुमन राज प्याकुरेल, जिल्ला अध्यक्ष ताराकान्त चौधरी लगायतको उपस्थिती रहेको थियो ।




