सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न छानबिन समिति गठन



 जनकपुरधाम, फागुन ६ । सिरहाको नवराजपुरकी रिंकु सादय मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाको नेतृत्वमा पाँच सदस्य छानबिन समिती गठन गरेको हो ।

उक्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू रहेको प्रहरीले जनाएको छ ।

सो समितिले आजदेखि घटना स्थलमा गई घटनाको बारेमा बुझ्ने तथा अनुसन्धान कार्य प्रारम्भ गरेको छ ।

गत माघ ३० गते सिरहाको नवराजपुर गाँउपालिका १ भवगतीपुर टोलका विजुलिया सदायका १७ वर्षीया छोरी रिंकु आफ्नै घरको टिनको छानोमा पासो लगाई झुण्डेको अवस्थामा फेला परेकी थिइन् ।

घटना हुनुअघि उनीमाथि स्थानीय तीनजना युवकले सामूहिक बलात्कार गरेको, त्यसको पञ्चायत भएर मिलाउने प्रयास गरेको घटना बाहिर आएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन ६, मंगलवार १३:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको