केबलकारको विरोधमा राजेन्द्र महतोको पदयात्रा



जनकपुरधाम, फागुन ९ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पाथिभारमा निर्माणहुन लागेको केबलकारको विरोध गर्दै पदयात्रा गरेका छन ।

महतोको नेतृत्वमा करिब ३०० जना सहभागि विहीवार फुङ्लिङ नगरपालिकाबाट पाथीभरा मन्दिरसम्म मुकुम्लुङ केबलकार विरोधी पदयात्रा गरेको छन् ।

मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोधमा पदयात्रा गरिएको नेता केशव झाले बताए ।

सहभागीहरूले उक्त परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए । उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
‘मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने कार्य कुनै पनि हालतमा सह्य नहुने भन्दै महतोले केबलकार निर्माण कार्य बन्द नभए सम्म संघर्ष जारी रहने बताएका छन ।

उनले सरकारलाई सचेत गराउँदै केबलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन् । राज्यले नागरिकका आवाजलाई नसुनिएको खण्डमा आन्दोलन थप सशक्त बनाइने चेतावनी दिए ।

प्रकाशित मिति: २०८१ फाल्गुन ९, शुक्रवार ०८:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको