जनकपुरधाम, फागुन १६ । धर्म गुरु ओशोद्वारा लिखित पुस्तकहरुको प्रर्दशनी जनकपुरधाममा शुरु भएको छ ।
जानकी मन्दिरकोक प्राङ्गणमा आज बाट शुरु भएको पुस्तक प्रदर्शनी १८ गते सम्म चल्ने ओशो शिष्य अरुणकुमार झा(प्रेम पथिक)ले जनाएका छन ।
ओशोका विचार एवं साहित्य समेटिएको पुस्तकहरु प्रदर्शनीमा राखिएको छ । ओशोका ६५० पुस्तकहरु मध्ये प्रदर्शनीमा करिब ३०० पुस्तक राखिएको आयोजकले जनाएको छ ।
ओशो नवसन्यास फाउण्डेशन जनकपुरधाम, ओशो माधुर्य ध्यान केन्द्र लहान, ओशो मानसरोवर ध्यानकेन्द्र जनकपुर र ओशो राजर्षि ध्यान मन्दिरको संयुक्त आयोजनामा पुस्तक प्रदर्शनीको आयोजना गरिएको हो ।
पुस्तक प्रदर्शनमीमा १० हजार भन्दा बढी ओशोअनुरागीले अवलोकन गर्ने अनुमान गरिएको छ ।






