राजविराज, फागुन १६ । नातेदार कहाँ पु¥याइदिन्छु भन्दै छिमेकीले मोटरसाइकलमा लगेको एक अवोध बालिकालाई बिच बाटोमा एकान्त स्थलमा पु¥याइ बलात्कार गरेको घटना बाहिरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटी टोलमा ५ वर्षिया बालिकासँग भएको यस्तो घटनाले स्थानीय समाजमा सनसनी फैलिएको छ ।
पीडित बालिकाको विगत तिन दिनदेखि स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । आकस्मिक कक्षको बेड नं. १ भर्ना रहेकी उनलाई तिन दिन अघि राति १० बजेतिर गोप्य अंगबाट अत्याधिक रक्तश्राव भइरहेको अवस्थामा आफन्तले ल्याएका थिए ।
अस्पताल श्रोतका अनुसार प्रारम्भिक चरणमै उनीसँग बलात्कार भएको देखिएको थियो । उपचारसँगै उनलाई उक्त अस्पताल परिसरमा संचालनमा रहेको “अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्र”मा समेत स्वास्थ्य परिक्षण गराइएको छ । उक्त केन्द्रमा बालिकाको स्वास्थ्य परिक्षण र बयान कार्य सकाई रगत लगायतका बस्तु थप परिक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको केन्द्रकी स्वास्थ्यकर्मी मनिषा सिम्खडाले बताईन । अत्याधिक रक्तश्रावका कारण शुरुमा बालिकाको स्वास्थ्य अवस्था जटिल भएपनि अहिले भने सुधार हुँदै गएको उनले जानकरी दिइन ।
पीडित बालिकाकी आमा अफसाना खातुनले शुक्रवार अस्पताल परिसरमा संचारकर्मीसित कुरा गर्दै फागुन १४ गते सिमावर्ती भारतीय क्षेत्रमा रहेका नातेदार विरामी पर्दा छिमेकी १९ वर्षिय कुदुसलाई त्यहाँसम्म पु¥याईदिन आग्रह गरेको बताईन । १० कि.मि. टाढा रहेको आफन्तकहा पहिले छोरीलाई पु¥याइदिन्छु र त्यसपछि तपाईलाई लग्छु भन्दै दिउँसो मोटरसाइकलमा लिएर गएका छोरीलाई साँझपख भने बेहोस अवस्थामा ल्याएर घरमा छाडिदिएको उनले सुनाईन । “बाटोमा बिरामी भयो, त्यसैले ढिलो भयो भन्दै छोरीलाई छाडेर गएका कुदुस त्यसपछि गाउँबाट फरार भएको र छोरीको गुप्ताङ्गबाट लगातार रक्तश्राव हुने क्रम बढ्दै गएपछि उपचारका लागि अस्पताल पुर्याइएको उनले सुनाईन ।
उनले छोरा जस्तो मानेको व्यक्तिबाट यस्तो घृणित काम भएको भन्दै उनलाई अविलम्ब पक्राउ गरी कडा कारवाही हुनुपर्नेमा माग गर्दै प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले उक्त घटनाका आरोपित कुदुसको खोजीकार्य भइरहेको जनाएको छ ।




