राष्ट्रिय विद्यार्थी मंचको राराब इकाई कमिटी गठन



जनकपुरधाम, फागुन १७ । राष्ट्रिय मुक्ति पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी मंचले आज रा.रा.व. क्याम्पस, जनकपुरधामको इकाई कमिटी गठन गरेको छ ।

राराबका मंच निकट विद्यार्थीहरुको भेलाले गठित २२ सदस्यीय इकाई कमिटीको अध्यक्षतामा आरती झा चयन भएकी छिन ।

भेलामा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता संजय कुमार चौधरी, दिपक झा, समीर सिद्दीकी लगायतका नेताहरूको उपस्थिति रहेको थियो । स्ववियु निर्वाचनको तयारीलाई सशक्त बनाउने उद्देश्यसहित आयोजित भेलामा सहभागी विद्यार्थी नेताहरूले संगठनलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

राष्ट्रिय विद्यार्थी मंचका नेताहरूले विद्यार्थी हकहित र शिक्षा सुधारका सवालमा संघर्ष जारी राख्ने बताएका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई केन्द्रमा राख्दै, विद्यार्थीहरूको अधिकार सुनिश्चित गर्न अभियान सञ्चालन गर्ने योजना बनाइएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १७, शनिबार १८:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको