कानुन विपरीत मुख्यमन्त्रीले हटाए भीसी र रजिष्ट्रार



जनकपुरधाम, फागुन २१ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहले कानुन विपरीत मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्टार हटाएका छन् ।

कृषि विश्व विद्यालयका कुलपति समेत रहेको मुख्यमन्त्री सिंहले कानुन विपरीत मंगलबार मध्यरातमा मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. महादेव महतो र रजिष्ट्रार डा. भगवान ठाकुरलाई बर्खास्त गरेका छन् ।

तर, मधेश प्रदेशका तत्कालीन मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले बनाएका कानुन अनुसार उपकुलपति र रजिष्ट्रारलाई हटाउन नहुने उल्लेख रहेको बताएका छन् । उनले भने–‘उपकुलपति र रजिष्ट्रारलाई हटाउन न्यायपरिषद् गठन हुनुपर्ने, मागे बमोजिमको जवाफ नआएपछि कानुन बमोजिम कारवाही हुनेछ तर, एक्कासि मुख्यमन्त्रीले हटाउन नसक्ने प्रावधान छ ।’

मधेश कृषि विश्व विद्यालयका पाचौं विश्वविद्यालय सभा मंगलबार जनकपुरधाममा थियो तर, त्यसमा मुख्यमन्त्रीलाई नबोलाएपछि आवेगमा आएर यस्तो निर्णय लिएको हुन सक्ने अनुमान गरिएको छ । कृषि विश्व विद्यालयमाथि मुख्यमन्त्रीको मात्रै नभई उनी आवद्ध पार्टीको नै बक्र दृष्टि रहेको सप्तरीबासीको भनाई छ ।

कृषि विश्वविद्यालयको भवन शिलान्यास जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए तर, जनमत पार्टीका नेताहरु पार्टी अध्यक्ष सीके राउतले गर्नुपर्ने भन्दै शिलान्यासका दिन जनमत पार्टी र जसपा नेपालका कार्यकर्ता बीच कुटाकुट नै भएको थियो । त्यसमा तत्कालीन शिक्षा मन्त्री महेश यादव घाइते समेत भएका थिए ।

तत्कालीन शिक्षा मन्त्री घाइते भएपछि मधेश प्रदेश सभाले नै छानबीन समिति गठन गरेका थिए त्यो छानवीन समितिको प्रतिवेदन अहिले सम्म सार्वजनिक गरिएको छैन् ।

जनमत नेतृत्वको मधेश प्रदेश सरकारले कृषि विश्वविद्यालय सञ्चालनकालागि कुल १० लाखको बजेट विनियोजन गरेको छ त्यसमा पनि आर्थिक कारोवार विगत ७ महिना देखि बन्द गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्रीले मंगलबार मध्यरातमा गरेको कानुन विपरीतको निर्णयले मधेश प्रदेशको शिक्षा अवस्थामा ठूलो असर पर्ने र सयौं विद्यार्थीको भविष्य अन्योलमा परेको देखिन्छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन २१, बुधबार १०:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको