जग्गा दलाललाई एक्टिभ गर्न मुआव्जा बिनै बैकल्पिक राजमार्गको शिलान्यास



जनकपुरधाम, फागुन २१ । मन्दिमा परेको जग्गाको कारोवार एक्टिभ गर्न बैकल्पिक राजमार्गको शिलान्यास गरिएको छ । जनकपुरधामको विन्धी–विसपिट्ट–कुर्था–सिंगरजोडा–सपही–निकाल–ढेडा–कपिलेश्वर–महुवा–रामपुर–लोहना–हनुमाननगर सिक्स लेन हुँदै विन्धीमा जोड्ने सडक ६ करोड ३० लाख रुपैयाँमा ठेक्का लगाइएको छ ।

नेकपा एमालेका सचिव तथा धनुषा निर्वाचन क्षेत्र नम्वर ४ का प्रतिनिधिसभा सदस्य रघुविर महासेठले बुधबार लोहनामा सो सडकको शिलान्यास गरेका छन् । कुल ३२ किलोमिटरको सडक मध्ये २२ सय मिटर कालोपत्रे र १६/१७ किलोमिटर नयाँ सडक मात्रै निर्माण गरिने सडक डिभिजनका इन्जिनियर उज्वल झाले जानकारी दिए ।

कम्तिमा तीन चरणमा निर्माण हुने सो सडकको नाउँमा जग्गाका दलाललाई एक्टिभ गर्ने प्रयास भएको विज्ञहरुको दावी छ । जनकपुरधाम चक्रपथकै मोडेलमा निर्माण हुने बैकलप्कि राजमार्ग निर्माणकालागि कम्तिमा ५ सय करोड भन्दा बढीको बजेट चाहिन्छ तर, सस्तो लोकप्रियताकालागि एमाले सचिव महासेठले बैकल्पिक सडकको शिलान्यास गरेको प्राविधिक जानकारहरुको भनाई छ ।

बैकलप्कि राजमार्गबारे जनकपुरधाम उप–महानगरपालिकाका प्राविधिक शाखा पनि अनभिज्ञ छन् । जव की बैकलप्कि राजमार्गको अधिकांश भाग जनकपुरधाम उप महानगरपालिकामै पर्छन् शिलान्यास यहाँनै गरिएको छ ।

डिपिआर समेत नगरिएको सो सडकमा त्यतिकै बजेट ल्याएर कतै कतै सडक बनाएर खेतीपाती हुने जग्गामा अव्यवस्थित बसोबास बसाउने तथा ठूला बडा जग्गा कारोवारी संग सेटिङ्ग गरेको स्थानीयबासीहरुको आरोप छ ।

एमाले सचिव महासेठ भौतिक पूर्वाधार मन्त्री हुँदा धनुषाको ढल्केबरकालागि आएको ट्रामा सेन्टर आफ्नो जग्गाको मुल्य बढाउनकालागि लालगढ सार्न लाग्दा ढल्केबरबासी आन्दोलित भएका थिए र सो ट्रामा सेन्टर अन्योलमा परेको छ । अहिले जनकपुरधाम लगायत आसपासका क्षेत्रका जग्गामा अव्यवस्थित बसोबास बढाउनकैलागि बैकल्पिक राजमार्गको विस्तार गरिन लागेको जनकपुरधाम उप–महानगरपालिका–८ बस्ने लोकतान्त्रिक समाजवादी पार्टीका मधेश प्रदेश सदस्य महाशंकर ठाकुरले आरोप लगाए ।

उनले भने–‘यो सडक निर्माण गर्नकालागि कम्तिमा एक हजार करोड रुपैयाँको आवस्यकता पर्छ, हामी भन्छौ बन्नु पर्छ, तर बजेट त हुनु पर्यो, बजेट छैन् अनि शिलान्यास यो कस्तो शिलान्यास हो । जग्गाकै मुल्य बढाउन र अव्यवस्थित बस्ती बसाउने केपी ओलीको जुन योजना छ त्यसै अनुरुप शिलान्यास गरिएको छ ।’

सडक निर्माण गर्नकालागि मुआव्जाको आवश्यकता पर्छ, यो ६ करोड ३० लाखमा कति जनतालाई मुआव्जा दिने र कतिको सडक निर्माण गर्ने उनले प्रश्न गरे । महासेठ यहाँ विवाद फसाउन चाहेका छन्, उनी विवाद गराएर आफ्नो राजनीति रोटी सेक्ने पुरानो खेलाडी रहेको लोसपा प्रदेश समिति सदस्य ठाकुरले आरोप लगाए ।

११ करोडको टेण्डर केवी/पूर्णचान्दी जेभी ललितपुरले ६ करोड ३० लाखमा कवोल गरेको छ । यो परियोजना २०८२ असाढ २० गतेबाट शुरुवात हुने तर समाप्त कहिले हुने बारेमा केही उल्लेख गरिएको छैन् ।

प्रकाशित मिति: २०८१ फाल्गुन २१, बुधवार १४:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको