उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी



काठमाडौं, असार २ । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कानुन अथवा नीतिनियमबाट नै उद्यमशिलतालाई प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

सोमबार ललितपूर महानगरपालिकाद्वारा आयोजित चौथो उद्यमी महिला सम्मेलनलाई सम्वोधन गर्दै उनले नेपालका महिला तथा युवाहरुले उद्यमशिलतामा नविनता ल्याएर प्रस्ताव गर्यो भने २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा दिने बताएका हुन् ।

उनले ठूला ठूला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए ।मन्त्री भण्डारीले उद्यमशिलतामा बढी महिलालाई आकर्षण गर्नुपर्ने रआफ्नो क्षमताबाटआत्मनिर्भर हुनपर्ने समेतबताए ।उनले यो आर्थिक बर्ष भित्रै नेपालमाउत्पादनभएका स्रोत साधनदेशभर फैलाउने कानुनल्याउने दाबी गरे ।

उनले नेपालको उद्योगहरुको समस्यानै अरुमाआधारित हुनु नै नराम्रो पक्षभएकाले अरुको भर पर्न नहुने बताए।उनले नेपालको लोकलमदिरालाई समेत विदेशमाबेच्ने तयारी गरिरहेकोर अबनयाँमोडालिटीका साथअघिबढ्ने समेत बताए । उनले भने, ‘मुल्याकंनकहाँहुन्छभन्दाउत्पादितवस्तुको हुन्छ ।आफ्नो उत्पादनको बजारिकरणगर्न आवश्यकछ ।उद्यमशिलतालाई प्राथमिकतामा राखेर समस्यालाई समाधानगर्न आवश्यकछ ।

कानुन अथवा नीतिनियमबाट उद्यमशिलतालाई प्रवद्र्धन गर्न आवश्यकछ ।यतिबेला नेपालमा आर्थिक पूँजीलाई जसरी प्रवद्र्धन गर्नपर्ने हो त्यो हुन सकेन ।ललितपूर महानगरपालिकाले आयोजनागर्दा लगानीको क्षेत्रको बजारिकरणभैइरहेको छ ।नेपालको उद्योगक्षेत्रप्रतिस्पर्धामा आउन सकेको छैन । नेपालको उद्योगहरुको समस्यानै अरुमाआधारित हुनु नै नराम्रो पक्षहो ।हामीले ठूलाठूलाधुवाँफाल्ने उद्योगलाई भन्दा सानाउद्योगलाई प्राथमिकतादिनआवश्यकछ।’

त्यसैगरीउनले नेपालमामहिलाहरुले उत्पादन गरेको उत्पादनको ट्याक्स फ्रि भनेर महिलालाई प्रोत्साहनगर्नुपर्नेबताए ।

प्रकाशित मिति: २०८२ असार २, सोमबार १४:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको