भाषा साहित्यमा कवि विद्यापतिको योगदान अतुलनीय : महन्थ ठाकुर



जनकपुरधाम, कात्तिक १७ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले मैथिली सहितका भाषा सहित्यमा कवि कोकिल विद्यापतिको योगदान अतुलनीय रहेको बताएका छन ।

जनकपुरधाम स्थित विद्यापति चोकमा आयोजित विद्यापति स्मृति पर्व समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले विद्यापतिको योगदान मैथिलीका साथै हिन्दी, अभहठ, प्राकृत, बंगाली, उडिया सहितको भाषामा रहेकालाई उनको नाम सबै भाषाभाषीहरुले सम्मानका साथ लिदै आएका बताए ।

उनि अन्य भाषामा सहित्य लेखन गरेपनि उनको मुल भाषा मैथिली नै रहेकोमा सबै मैथिली भाषी गौर्वान्वित हुनु पर्ने बताए ।

मैथिली भाषा नेपालमा बोलिने भाषाहरुमा दोस्रो स्थानमा रहेपनि रोजीरोटीको भाषा बन्न नसक्दा समुचित विकास हुन नसकेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले मैथिलीलाई रोजी रोटीको भाषा बनाउन सरकार संग मांग समेत गरे । छेउमै बसेका मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललाई इगित गर्दै अध्यक्ष ठाकुरले भने , मुख्यमन्त्रीजीले मैथिलीलाई रोजीरोटीको भाषा बनाउनु हुन्छ भनि आश गरेका छौ । ’

कार्यक्रममा विशिष्ट अतिथि मुख्यमन्त्री जितेन्द्र सोनलले कवि कोकिल विद्यापतिपतिको योगदानलाई कसैले विर्सन नसक्ने उल्लेख गर्दै उनको सम्मानका लागि प्रदेश सरकार सदैव अग्रसर रहने विश्वास दिलाए ।

मुख्यमन्त्री सोनलले भने ,‘ मैथिली भाषाले नै राज्य बाट सम्मान पाई रहेका थिएन । यस्तो अवस्थामा विद्यापतिको सम्मान हुने कुरै भएन । तर अव अवस्था फेरिएको छ । अब भाषा सहित कबि विद्यापतिले समेत राज्य बाट सम्मान पाउनु हुनेछ ।’

कार्यक्रममा लोसपाका महासचिव परमेश्वर साहले मैथिली भाषालाई प्रदेशको कामकाजी भाषा बनाउन मांग गरेका थिए । उनले भने ,‘ प्रदेश सरकार हाम्रै पार्टीको नेतृत्वमा छ । तर म अहिले नेताको रुपमा नभई मैथिली भाषीको रुपमा सरकार संग मांग गर्दछु । मैथिली कामकाजी भाषा हुनु पर्छ । यस विषयमा हामी सम्पूर्ण मैथिली भाषाी एकजुट छौ ।

त्रिदेव मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा डा. आभाष लाभ, चन्द्र मोहन चौधरी, ललन चौधरी, प्रो. अवधेश चौधरी सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा एक दर्जन कबि कवियत्रीहरुले कविता बाचन गरेका थिए ।

प्रकाशित मिति: २०८२ कार्तिक १७, सोमबार १५:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको