पछिल्लो २४ घण्टामा ३१ सय बढी संक्रमित थपिए, २३ जनाको मृत्यु



काठमाडौं : देशभर पछिल्लो समय थप तीन हजार एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १३ हजार ८ सय ११ जनामा कोरोना परीक्षण गरिएको थियो।

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै,२४ घण्टामा एक हजार ९ सय २५ जना कोरोनामुक्त भएका छन्।



काठमाडौंमा पाँच सय ५६,भक्तपुरमा ९९ र ललितपुरमा एक सय १५ जना गरी उपत्यकाभित्र कुल ७ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: २०७८ श्रावण १८, सोमबार १९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको