एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्न नेता नेपाल सहमत



काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न वरिष्ठ नेता माधवकुमार नेपाल सहमत भएका छन्।

एमाले दोस्रो तहका नेताहरुको प्रयासपछि ओलीसँग भेटवार्ता गर्न नेपाल सहमत भएको जनाइएको छ। थप कुनै विवाद उत्पन्न नभएमा आज वा भोलि ओली र नेपालबीच छलफल हुने एमाले नेता सुवासचन्द्र नेम्वाङ बताएका छन्।



एमाले संसदीय दलका उपनेता नेम्वाङ सञ्चारकर्मीसँग भने, ‘कुनै नाटकीय परिवर्तन भएन भने दुवै जनाबीच भेटवार्ता हुन्छ। यसको समय र स्थान दुवै नताका सचिवालयले तय गर्ने उनको भनाइ छ।’

दुवै जनालाई भेटेर छलफल गर्न नेता नेम्वाङसँगै उपमहासचिव विष्णु पौडेल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे लगायतले सहमत गराएका थिए। उनीहरुले पटकपटक वार्ता सहमतिका लागि भेटेर छलफल गर्न तयार गराएको जनाइएको छ।

सोमबार बसेको दुवै पक्षका स्थायी कमिटी बैठकमा पनि यस विषयमा छलफल भएको जनाएको छ। नेपाल पक्षको स्थायी कमिटी बैठकले एकताका लागि पहल गर्ने निष्कर्ष निकालेको थियो।

त्यस्तै, अध्यक्ष ओलीले राखेको स्थायी कमिटी बैठकले विभाग गठन गरेको भए पनि नेपाल पक्षका लागि ठाउँ खाली राखेको छ।

यसअघि कार्यदलले गरेको १० बुँदे सहमतिमै टेकेर ओली र नेपालबीच छलफल हुने जनाइएको छ। त्यसमा आवश्यक फेरबदल पनि दुवै नेताले गर्न सक्ने जनाइएको छ। file photo

प्रकाशित मिति: २०७८ श्रावण १९, मंगलवार ०७:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको