मनसुन फेरि सक्रिय, देशभर वर्षाको सम्भावना



काठमाडौं : मनसुन फेरि सक्रिय भएकाले देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले देशका अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहने भएको छ।

अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। आज दिउँसो पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार राति पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: २०७८ श्रावण २८, बिहीबार १०:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको