काठमाडौं–रक्सौल रेलमार्ग बन्ने



काठमाडौं : काठमाडौंबाट रक्सौलसम्मको रेलमार्ग बन्ने भएको छ । त्यसका लागि फाइनल लोकेशन सर्भे सुरु हुन लागेको छ ।

फाइनल लोकेशन सर्भेका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौताको तयारी समेत भएको बुझिएको छ । सर्भे भारत सरकारकै लागतमा हुने बुझिएको छ ।



रक्सौल काठमाडौं रेलमार्ग नाम दिइएको योजनाको चर्चा वर्षौं देखि हुँदै आएको छ । काठमाडौंलाई तराईसम्म जोड्ने यो रेलमार्ग रणनीतिक महत्वको समेत हुनेछ । नेपाल र भारतबीच कनेक्टिभिटी बढाउने उद्देश्यले रेलमार्ग अगाडि बढाउन लागिएको बुझिएको छ । file photo

प्रकाशित मिति: २०७८ श्रावण ३०, शनिबार ०८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको