देशभर मौसम बदली, तीन प्रदेश ‘भारी वर्षा’ को सम्भावना



काठमाडौँ : मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।



आज दिउँसोपछि प्रदेश-१, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको शाक्यले जानकारी दिइन् ।

आज राति प्रदेश-१, वाग्मती र सुदूरपश्चिम प्रदेशको एक /दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । अबको केही दिनसम्म ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आह्वान गरेका छन् ।

प्रकाशित मिति: २०७८ भाद्र ५, शनिबार ०६:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको