प्रदेश जनलोकपाल आयोग गठन



जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशमा आर्थिक सुशासन कायम गर्न प्रदेश जनलोकपाल आयोग गठन गरेको छ । अध्यक्ष सहित तीन सदस्यीय रहेको उक्त आयोगमा नव नियुक्त अध्यक्ष राम सहाय यादव, सदस्य शोभा महतो र राजकिशोर साहलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद गोपनीयताको सपथ ग्रहण गराउनु भएको छ ।

उक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देव, प्रमुख सचिव हरि प्रसाद मैनाली सहित प्रदेश सरकारका सचिवहरुको उपस्थिति रहेको थियो । आयोगका नवनियुक्त पदाधिकारीहरुले ग्रमिण प्रशिक्षण केन्द्र मुजेलिया स्थित आयोगको कार्यालय पुगि आजै पदभार ग्रहण गर्नु भएको छ ।



प्रकाशित मिति: २०७८ भाद्र २२, मंगलवार १७:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको