श्रीलंकामा सरकार समर्थक र विरोधीबीच भएको हिंसात्मक झडपमा एक सांसद सहित ५ जनाको ज्यान गएको छ।
समाचार संस्था एएफपीका अनुसार घटनामा परी कम्तीमा १५० जना घाइते भएका छन्। सत्तारूढ दलका सांसद अमरकीर्थी अथुकोरालाले एउटा कारलाई रोक्ने क्रममा सोमबार गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका थिए ।
घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसपछि सांसद्ले आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएका थिए । त्यसपछि प्रहरी, सरकार समर्थक र विरोधीबीच भइरहेको लगातारको झडपमा परी थप ३ जनाको ज्यान गएको छ।








