वान्टेड राणा बजारमा घुम्दै, प्रहरी प्रशासन मौन



जनकपुरधाम । नेपाल प्रहरीको खोजीको सूचीमा रहेका सरकारी कागजात किर्ते जालसाजी गरेका प्रकाशराणा जनकपुरधाम बजारमा घुम्दा पनि प्रहरी प्रशासन मौन बसेका छन् ।

जनकपुरधामको जनक चौक स्थितका अरुको नम्वरी जग्गा किर्ते जालसाजी गरी लालपूर्जा बनाएको र आप्mनो जग्गा रहेको दावी गरेपछि सम्वन्धित पक्षले खोजतलास गर्दा सो जग्गाको लालपूर्जानै नक्कली बनाएर उनले सो जग्गा किनबेच गरेको तथा केही जग्गा आफ्नै नाममा राखेका छन् ।



उनीमाथि जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र राणा केही दिन देखी फरार रहेपनि अहिले छठको मौका छोपी उनी जनकपुरधामको बजारमा चिया पसलहरुमा देखा पर्न थालेपनि प्रहरी प्रशासनले मौनता व्यक्त गरेका छन् ।

उनी जस्ता आपराधिक काममा संलग्न व्यक्तिलाई कारवाही गर्नुको साटो प्रहरी प्रशासनकै मिलिमतोमा उनी निफिर्क भएर घुमघाम गरिरहँदा पनि उनीमाथि कुनै प्रकारको कारवाही प्रक्रिया अगाडि बढाइएको छैन् । प्रहरीको फरार सूचीमा रहेका राणा विरुद्ध उजुरी पर्दा उनी विदेशमा थिए पछि करिव एक महिना देखी लुकी छिपी बसेका थिए तर छठको मौका छोपेर उनी निफिर्क घुमघाम गर्न थालेका छन् ।

यस तिर जिल्ला प्रशासन र जिल्ला प्रहरीले मौनता देखाएपछि यस्ता यस्ता अपराधिको मनोबल बद्दै गएको छ ।

प्रकाशित मिति: २०७९ कार्तिक १३, आईतवार १४:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको