मोइन अलीको अर्ध शतक र राहुल यादवको घातक बलिङ्ग

जनकपुर बोल्ट्सको सहज जित, काठमाडौं गोर्खाज ८ विकेटले पराजित


जनकपुरधाम, कात्तिक १२ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा मोइन अलीको अर्ध शतक र राहुल यादवको घातक बलिङ्ग पछि जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको छ। काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

जनकपुरको जितमा मोइन अलीले अविजित ५८ रन बनाएका छन। उनले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका छन। सैफ हसनले ४० रनको योगदान दिएका छन। उनले ३९ बलमा १ चौका र ३ छक्का प्रहार गरेका छन। मयन यादव ९ रनमा रनआउट भए भने त्रित राज दास ५ रनमा आउट भएका छन।

यसअघि टसको जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५ रनमा समेटिएको थियो। उसका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाएका थिए भने राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका राहुल यादवले घातक बलिङ्ग गर्दै४ विकेट लिए। उनले ४ ओभरमा ३१ रन खर्चिए। सैफ हसनले २ विकेट लिए भने मोइन अली, हरमित सिंह, ललित राजवंशीले समान १ विकेट हात पारे।

११६ रनको लक्ष्य पछ्याएको जनकपुरले २ विकेट गुमाएर लक्ष्य पूरा गर्दै प्रतियोगितामा महत्त्वपूर्ण जित दर्ज गरेका छन ।

प्रकाशित मिति: २०८३ कार्तिक १२, बिहिवार १५:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको