बाराको पचरौता नगरपालिकाका प्रमुख सिंहलाई २५ हजार जरिवाना



काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै बाराको पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धरसिंह जैसवारलाई रु २५ हजार जरिवाना गरेको छ ।

वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका अन्य कार्यक्रम गरेको भन्दै नगरप्रमुख सिंहमाथि जरिवाना गरिएको हो । आयोगले उक्त नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्च बाहेक अन्य रकम निकासा नगर्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई लेखेर पठाएको छ ।



आयोगले काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार पुकार बमलाई रु पाँच हजार जरिवाना गरेको छ । उहाँले निर्वाचन प्रचारप्रसारका क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गरेको आयोगले जनाएको छ ।

राजनीतिक गतिविधि तथा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोकुल वस्ती तथा नेकपा ९एमाले०को चुनाव प्रचारप्रसारमा लागेकाले अछामको साँफेबगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई रु पाँच÷पाँच हजार जरिवाना गरेको छ ।

प्रकाशित मिति: २०७९ कार्तिक २६, शनिबार १८:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको