काठमाडौंमा भएका दुर्घटनामा २ जनाको मृत्यु



काठमाडौं । काठमाडौंका बालाजु र चाबहिलमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बालाजुको गंगा फिल्म हल नजिक गएराति साढे ९ बजे बा ४२ प ९९४५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
मृतक पुरुषको सनाखत हुन बाँकी छ । मोटरसाइकल चालक फरार भएकाले उनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।



यसैगरी गएराति ९ बजे चाबहिलमा बा १ ग २०८९ नम्बरको ट्रक र बा ३९ प ११५६ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका २५ वर्षीय छिरिङ शेर्पा रहेको प्रहरीले जनाएको छ ।
उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: २०७९ मंसिर ५, सोमबार १०:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको