काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचकमा एकल अंकको सामान्य गिरावट भएको छ । मंगलबार बजार परिसूचक नेप्से ४।८७ अंक ९०।२५ प्रतिशत० ले गिरावट भएर १९३३।८८ अंकमा बन्द भएको छ ।
जीवन बीमा, लघुवित्त र अन्य बाहेक बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा गिरावट हुँदा बजार परिसूचक नेप्से पनि घटेको हो । अन्य उपसूचक सर्वाधिक ०।५७ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०।२८ प्रतिशत र जीवन बीमा उपसूचक ०।०१ प्रतिशतले वृद्धि भएको छ ।
लगानी उपसूचक सर्वाधिक ०।९१ प्रतिशतले गिरावट हुँदा बैंकिङ उपसूचक ०।३९ प्रतिशतले गिरावट भएको छ । नेप्सेसँगै मंगलबार कारोबार रकममा पनि संकुचन भएको छ । सोमबार डेढ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार १ अर्बको पनि कारोबार हुन सकेन । मंगलबार नेप्सेमा २५ लाख ८१ हजार ४२५ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाख ११ हजारको कारोबार भएको छ ।
जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ८ करोड १२ लाख ३४ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ५ करोड ५० लाख ८ हजार र रिडी पावरको ५ करोड २ लाख ७ हजारको कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार भएकोमा १०९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।

त्यस्तै ७८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १२ कम्पनीको सेयर मूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये धौलागिरी लघुवित्तको सेयर मूल्य सवार्धिक ८।१७ प्रतिशतले वृद्धि हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ६।१२ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ५।८६ प्रतिशतले बढेको छ ।
यता एनएमबि बैंकको सेयर मूल्य सर्वाधिक ६।०७ प्रतिशतले गिरावट हुँदा एनएमबि ५० को इकाइमूल्य ३।८५ प्रतिशत र आईसीएफसी फाइनान्स डिबेञ्चर २०८३ को मूल्य ३।३२ प्रतिशतले गिरावट भएको छ ।







