जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को मधेश प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चयन भएका छन् । बुधबार महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित शर्मा दलको नेतामा निर्विरोध चयन भएका हुन् ।
मंगलबार पाँच सांसदले सर्मथनसहितको प्रस्तावपत्र केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई बुझाएको थियो । सोही पत्रको अधारमा बुधबार बसेको बैठकले उनलाई सर्वसहमतीमै चयन गरिएको हो । लोसपा प्रदेशसभामा प्रतिपक्षी दलको भुमिका छन् ।
अभिरामलाई सांसद रमेश पटेल, उपेन्द्र महतो, रानी शर्मा र रुपा यादवले सर्मथन गरेका छन् । लोसपामा अर्का दाब्बेदार जितेन्द्र सोनल पनि पुनः दलको नेता बन्ने गृहकार्य गरेका थिए । तर पार्टी अध्यक्ष ठाकुर निकट मानिने उनी दलको नेता बन्न सफल हुन सकेनन् । सांसद सोनलको पक्षमा चार सांसद मात्रै उभिएका थिए । महोत्तरीका जयनुल राइन, सिरहाका राम बाबु यादव, र रमिता प्रधानले सोनललाई सर्मथन गर्ने मानसायमा थिए । तर बहुमत सांसद नपुग्ने अवस्था भएपछि उनीहरुले निर्विरोध रुपमा अभिरामलाई चयन गरेका छन् ।
मधेश प्रदेशमा प्रतिनिधित्व गर्ने अधिकांश पार्टीले दलको नेता चयन गरिसकेका छन् । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको नेता अझै चयन हुन सकेका छैन् । अधिकांस दलले नेता चयन गरेसँगै सरकार गठनको प्रकृया तिब्र रुपमा शुरु भएको छ । यही पुष २८ गते प्रदेशसभामा सभामुख र उपसभामु पदको लागि मनोनय दर्ता हुने समय तोकिएको छ । अगामी माघ २ गते प्रदेशसभा बैठक पनि राखिएको हो । सो बैठकमा सभामुख र उपसभामु पदको लागि र्निन्याथ प्रस्तुत हुने कार्य सूची रहेको छ ।






