जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको स्वीकय सचिवमा नवीन यादवलाई नियुक्त गरिने भएको छ । विगत लामो समय देखी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आइ रहेका यादवलाइ मुख्यमन्त्रीको स्वकीय सचिवमा नियुक्त गरिन लागेको जनाइएको छ ।
विगमा पूर्व राज्यमन्त्री तथा जनकपुरधामका सांसद संजयकुमार साहको प्रिय पात्र मानिएका नवीन यादव स्वच्छ छवीका इमान्दार युवा नेताको रुपमा मानिने गरिन्छ । नवीनले संजय साह संगै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको चुनावी कमाण्डरको रुपमा पनि आफ्नो भूमिका निर्वाह गरि सकेका छन् ।
पहिलो स्थानीय तहको निर्वाचनमा लाल किशोर साहको कमाण्डर भइ निर्वाचन जिताउनमा अहम भूमिका निर्वाह गरेका नवीन यस पटक नेकपा एमाले जसपा गठबन्धनका उम्मेदवार जुली कुमारी महतोलाई प्रतिनिधिसभा र दीपेन्द्र ठाकुरलाई प्रदेश सभा निर्वाचनमा बिजयी बनाउन भूमिका निर्वाह गरेका छन् ।
कम उमेरमा लामो राजनीतिक अनुभव बटुलेका यादव जनता समाजवादी पार्टी (जसपा)का सवै भन्दा सानो संघीय परिषद सदस्य छन् । यादवलाई स्वकीय सचिवमा नियुक्त गरिने भएपछि जनकपुरधामका युवाहरुको माहोल एका एक मुख्यमन्त्री तिर तानिएको छ ।








