स्रोत नखुलेको ९ लाखसहित विराटनगरबाट एकजना पक्राउ



सप्तरी । प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका(१९ का ४२ वर्षीय सञ्जीवकुमार साह रहेका छन् । प्रहरीले बुधबार राति भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार सञ्जीवकुमार साहको साथबाट ९ लाख २० हजार रूपैया बरामद गरेको हो ।
साह बीआर ३८ एन ४९३० नम्बरको मोटरसाइकलमा सवार थिए । विराटनगर–१० राति साढे ८ बजे चेकजाँच गर्दा उनको साथबाट रकम बरामद भएको थियो । बरामद रकमको स्रोत नखुलेको प्रहरीले बताएको छ । बरामद रकम हुण्डी कारोबारको हुनसक्ने प्रहरीले बताएको छ ।

पक्राउ परेका पुरुषमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।



प्रकाशित मिति: २०७९ माघ २६, बिहीबार १७:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको