नेपाल–भारत महिला मैत्री समाजद्वारा निःशुल्क ग्यास चुल्हो बितरण



सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकाका स्थानीयहरुलाई निःशुल्क एल.पि.जी. ग्यास सिलिन्डर र चुल्हो सेट वितरण गरिएको छ। नेपाल–भारत महिला मैत्री समाज काठमाण्डुले भारत सरकारको सहयोगमा एक कार्यक्रमका बिच गाउँपालिकाको अतिबिपन्न ,गरिब दलित गरी ५ सय घर घुरीलाई निःशुल्क एल.पि.जी. ग्यास सिलिन्डर र चुल्हो सेट बितरण गरेको छ ।

दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको कार्यक्रमको प्रमुख अतिथि एवं नेपाल–भारत महिला मैत्री समाज काठमाण्डुकी अध्यक्ष चन्दा चौधरीले बताएकी छन्।



नेपाली काङ्ग्रेसको तर्फबाट समानुपातिक संसद समेत रहेकी अध्यक्ष चौधरीले ग्यास सिलिन्डर वितरणबाट दलित तथा विपन्न परिवार लाभान्वित हुने बिश्वास ब्यक्त गर्दै माटोको चुल्हो र दाउराले खाना पकाउने खासगरी महिला दिदीबहिनिको स्वास्थ्यमा हुने खराबी रोक्न ग्यास चुल्होबाट सहयोग हुने , समयको बचत हुने, महिलाको आत्मसम्मान बढ्ने र विभिन्न स्वास्थ्य समस्याबाट बचाउने हुनाले आफूले आवश्यक ठानी यो अभियान सञ्चालनमा ल्याएको बताइन् ।

उनले नेपाल–भारत महिला मैत्री समाजले भारत सरकारको दुई करोड चार लाख ९० हजार अनुदान सहयोगमा सर्लाही मात्रै होईन मधेश प्रदेशका रौतहट र सप्तरी जिल्लाका पिछडिएका ३ हजार घरपरिवारलाई समेत ग्यास चुल्हो सेट लगायतका सामग्री वितरण गर्ने जानकारी दिईन्।धुवाँ धुलो रहित ईन्धनमा खाना पकाउने सौभाग्य पाएपछि आफुहरु निकै हर्षित भएको स्थानीय सुधा देबीले बताइन् ।

प्रकाशित मिति: २०८० बैशाख ७, बिहीबार ०६:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको