बखतियार अलि
मलंगवा । मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले सरकारले स्वास्थ्य सेवालाई जनमुखी बनाउन ६ अर्ब बजेट विनियोजन गरेको बताएका छन् । आइतबार मन्त्री यादवले सरकारी अस्पतालहरूको सेवा
प्रवाह र सर्वसाधारणको समस्या सुन्न प्रादेशिक अस्पताल मलंगवाको अनुगमनको क्रममा उनले सो कुरा बताएका छन् । आठवटै जिल्लामा रहेका प्रादेशिक अस्पताललाई स्तरोन्नतिका लागि प्रदेश सरकारले २०–२० करोड रूपैयाँ विनियोजन गरेको उनले बताए ।
प्रदेश सरकारले जनतालाई अनुभूति हुने गरी स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा अगाडि बढाइने मन्त्री यादवको कथन छ । प्रादेशिक अस्पताल मलंगवालाई प्रदेशकै नम्बर १ सुविधा सम्पन्न अस्पताल बनाउने हिसावले बजेट विनियोजन गरेको मन्त्री यादवले बताए ।
मन्त्री यादवले अस्पतालको इमरजेन्सी, आईसीयू, पीआईसीयू,जेनरल सेवा, एक्सरेलगायत प्रसूति गृह तथा बिरामी वार्डको अवलोकन गर्दै बिरामीको कुरुवा कक्ष, बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालयको
सरसफाइमा सुधार गर्न निर्देशन दिएका थिए ।






