जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहका छोरा राजकुमार (राज) साहले कर्मचारीलाई कुटपीट गरेका छन् । मेयरका छोरा राजले भुक्तानी किन नगरेको भन्दै उप–महानगरपालिकाका लेखा फाँटमा कार्यरत्त एक कर्मचारीलाई कुटपीट गरेका छन् ।
मेयरका छोरा राजले बुधबार कार्यालय समयमै मेयरको गोप्य कोठामा बोलाएर लेखा फाँटमा कार्यरत्त एक कर्मचारीलाई भुक्तानी किन नगरेको भन्दै कुटपीट गरेको बताइएको छ । मेयर साहको घरमा पर्दा लगायतका सामग्री प्रयोग भएको र कुनै होटलको बिल बनाएर उनका छोराले भुक्तानी माग गरेका थिए । तर, कार्यव्यस्तताका कारण भुक्तानी हुन नसकेपछि उनका छोरा राजले कर्मचारीमाथि जाइलागेका थिए ।
सो दिन उप महानगरको मिटिङ्ग हलमा धनुषाका एसपी, सिडिओ लगायतका सुरक्षा निकाय संग मेयर साह बैठकमा थिए । बैठक जारी रहेकैबेला मेयरका छोराले कर्मचारीलाई कुटपीट गरेपनि अहिले सम्म उनलाइ कारवाही गर्न कसैले तादरुकता देखाएका छैनन् । मंगलबार भारतबाट फर्केका राजले बुधबार कर्मचारी कुट्दा मेयर साहले त्यसको छानबीन र सजाय तोक्ने जिम्मा उप मेयर किसोरी साह ‘भुल्ला’लाई दिएका छन् । तर, मेयर साहले भने आफ्नो छोराले कर्मचारीलाई नकुटेको प्रतिक्रिया दिएका छन् । मेयरले आफ्नो छोराले कुटपीट नगरेको भनि रहदा उनले उपमेयरको नेतृत्वमा छानबीन समिति किन गठन गरे बुझ्नु पर्ने कुरा यो नै हो ? यस घटनालाई दवाउन कर्मचारी देखि जनप्रतिनिधिमाथि मेयर साहको दवाव छ । मेयरका छोरा राज, स्वीकय सचिव मनोज महतो र उनका केही सहयोगीहरु कर्मचारीमाथि विभिन्न समयमा दवाव दिँदै आएका छन् ।
श्रोतका अनुसार मेयर साहले आफ्ना आफन्त सहितका आसेपासेलाई गत आर्थिक वर्ष २०७९/०८० मा बाँडेको योजना र केही निजी काममा खर्च भएको रकमको चेक नबनाएको कारण राजले कर्मचारीलाई मेयरको कक्षमा बोलाएर उनी र उनीसँगै दुई जना युवकले चेक किन बनाएको भन्दै दुव्र्यवहार गर्दै हातपात गरेको थियो ।

केही यस्ता योजना थियो जसको मापदण्ड र कानून अनुसार मिल्ने खालका थिएन । राजले चेक किन नबनाएको सोधेपछि कर्मचारीले कानून सम्मत नमिल्ने भएकाले चेक प्रिन्ट नगरिएको जवाफ दिएपछि मिल्ने मिलाउने काम मेयरको हो कि तिम्रो, तिम्रो काम हो चेक बनाउने चेक नै बनाउ भनेपछि विवाद उत्पन्न भएको थियो । राजले चेक किन नबनाएको सोधेपछि कर्मचारीले कानून सम्मत नमिल्ने भएकाले चेक प्रिन्ट नगरिएको जवाफ दिएपछि मिल्ने मिलाउने काम मेयरको हो कि तिम्रो, तिम्रो काम हो चेक बनाउने चेक नै बनाउ भनेपछि विवाद उत्पन्न भएको थियो ।
घटना पश्चात शुक्रवार उपमहानगरपालिका कर्मचारीहरु मेयर साहको छोरा राजको दादागिरी विरुद्ध आन्दोलित भएका थिए । उनीहरुले कर्मचारीमाथि हातपात गर्ने मेयरका छोरा राज र उनीसँगै रहेका अन्य दुई जनालाई कारवाही नगरेसम्म कामकाज ठप्प पार्ने चेतावनी दिदै आन्दोलनमा उत्रेका थिए ।
यता, उप मेयर भुल्लाले आइतबार यस बिषयमा छलफल गरी समस्याको समाधान भएपछि घटना बारे जानकारी दिने प्रतिक्रिया दिएका छन् । उनले घटना भएको स्वीकार गर्दै यस बिषयमा कुनै जानकारी नदिने बताए । उप मेयरको अदुरदर्शीताकै कारण गुठीको जग्गा खाली गराउन स्थानीयबासीहरुले गरेको आन्दोलनको क्रममा दुव्र्यवहार भएको थिए । उप मेयर भुल्ला विरुद्ध जनकपुरधामको विभिन्न चोक र सडकमा चर्को नाराबाजी भएको थियो ।

अहिले जनकपुरधाम उप महानगरपालिका कर्मचारी आन्दोलित छन् । उनीहरुले आपूmहरु संग पटक पटक यस्तो व्यवहार भइ रहँदा मेयरले कडा कदम नचलेका कारण दुव्र्यवहार हुने गरेको नाम नखोल्ने शर्तमा एक कर्मचारीले बताए । जनकपुरधाम उप–महानगरका कर्मचारी कुनै जानकारी दिन समेत आफ्नो नाम खोलाउन चाहदैनन् । उनीहरु मेयर साहब गाली गर्नु हुन्छ मेरो नाम नलेखदिनु भनेर प्रतिक्रिया दिने गरेका छन् ।
गत जेष्ठको अन्तिममा मेयर मनोजका एक सहयोगीले सव इन्जिनियरको कम्प्युटर खोली लगत स्टिमेटमा छेरखानी गरेका थिए । उनले सव इन्जिनियरले बनाएको लगत स्टिमेट भन्दा बढीको बिल बनाएर भुक्तानी गराउन लाग्दा समेत विवाद भएको थियो । तर, मेयर साहले त्यो मुद्दालाई ढाकछोप गरेका थिए । जनकपुरधाम उप महानगरमा यस्ता यस्ता घटना भइ रहँदा समेत कर्मचारीहरुले मेयर साह बिरुद्ध चु शव्द बोल्ने आँट गर्न सकेका छैनन् ।







