महन्थले भिण्डि रोपे, मेयर आलु प्याज उव्जाउने



जनकपुरधाम । जनकपुरधामको सडक विस्तार हुने समयमा अतिनै विवादित भएको जानकी मन्दिर फुलबारी उच्च स्तरीय नापजाँचले सो विवाद समाधान गरेका थिए । फुलबारी अतिक्रमण गरी सडक बनाइएको भन्दै जनकपुरधाम–३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा ७ का तत्कालिन वडाध्यक्ष जानकी रमण साह, वडा ४ का तत्कालिन वडाध्यक्ष सुदर्शन सिंह, मुरली मनोहर मिश्रहरुले त्यहाँ पूmलबारी अतिक्रमण गरिएको भन्दै कडा रुपमा विरोध गरेका थिए ।

जनकपुरधाम उप महानगरपालिकाका अमिन तथा सर्वेक्षकहरुको टोली साथै नापी कार्यालय तथा मधेश प्रदेश सरकारका उच्च स्तरीय टोलीले सो पूmलबारी नापजाँच गरी सो विवाद समाधान गरेका थिए । तर, जनकपुरधाम उप महानगरपालिकाका वर्तमान मेयर मनोजकुमार साह फेरि सो समाधान भएका विवादलाई उखालेर आपूmलाई चर्चामा ल्याउन चाहेका छन् । विगत १५ महिनाको कार्यकाल एउटा पनि ठोस काम गर्न नसकेका मेयर साह आपूmलाई चर्चामा ल्याउन यो स्टण्ट खेलेको सर्वसाधारणको बुझाई छ ।



जानकी मन्दिरलाई नेपाल विद्युत प्राधिकरणले विजुलीको महसुल नबुझाएको भन्दै पटक पटक ताकेदा र पटक पटक विजुलीको लाइन काट्ने गरेका छन् तर त्यो समस्या समाधान गर्न जनकपुरधाम उप महानगरपालिकाले कुनै चासो लिएका छैनन् । जानकी मन्दिरको प्राङ्गणमा गुणस्तरहीन मार्वल प्रयोगमा उनले चासो लिएन्, सुर्खी चुनाले निर्माण गरीएको मन्दिरमा र्डिल गरी विद्युतिकरण गर्नेलाई कारवाही गर्न तिर उनले चासो लिएन तर, विवादित फुलबारीको नापजाँच गराउनमा उनले किन चासो लिए भने त्यसमा आपूmलाई चोखो सावित गर्न भन्ने आम जनताको बुझाई छ । आफ्नो अदुरदर्शिता र अक्षमता लुकाउन उनले चालेको कदमले जानकी मन्दिर वरिपरी चर्चा हुने भएकै कारणले उनले सो काम थालेको जनकपुरधाम–२ का विकास साह बताउँछन् ।

जनकपुरधाम उप–महानगरपालिकाका मेयर साहले यहाँ अतिक्रमित भइ सकेका पोखरी, तलाउहरुको खोजी गर्नुपर्नेको सट्टा विवादित विषयमै किन हात हाले ? मन्दिरकै छेउमा रहेको तेलहा मरहा पोखरीको पूर्व र पश्चिम पट्टि कुनै व्यक्ति विशेषलाई फाइदा पुग्ने गरी घाट निर्माण गरिएको छ । पूर्वमा मेयर साहकै चुनावी प्रतिद्वन्दी शिवशंकर साह हिराको घर छ जव कि उनको घर पोखरीको डिलमा थियो । पश्चिममा दशरथ साहको रघुपति मिष्ठान भण्डार छ त्यस तिर पनि घाट निर्माण गरिएको छ । धार्मिक महत्व बोकेका पोखरीहरुको क्षेत्रफल घटाइ व्यक्ति विशेषलाई फाइदा पुग्ने गरी भइ रहेको विकास निर्माणको विरोध गर्ने पनि कोही भएन किन भने सवैले फाइदा उठाएका छन् ।

जनकपुरधाम उप–महानगरपालिकाको कार्यालय परिसरमै रहेको पोखरी सौन्दर्यीकरणकालागि करोडौ रुपैयाँको बजेट विनियोजन गरिएको थियो, तर अहिले त्यसमा ठूल ठूला घाँसहरु भएको छ तर, त्यस तिर मेयर साहको ध्यानाकर्षण हुन सकेको छैन् ।
जनकपुरधाम उप–महानगरपालिका–४ का दिगम्बर झा भन्छन्–‘अव मेयर साहव बाट कुनै ठोस कामको अपेक्षा गर्न सकिँदैन् किन भने हुने विरुवाको चिल्लो पात झै, उनमा भिजन भएको भए १५ महिनामा आफ्नो करामत देखाइ सकेका हुन्थे ।’

जनकपुरधाम–७ का रामदयाल साह भन्छन्–‘हामीले केही दिन पूर्व मात्रै हेर्या थियौं जानकी मन्दिरको पूmलबारीमा भिण्डि रोपेका छन् महन्थ जीले । महन्थलाई भिण्डि राम्रो लाग्यो उनले भिण्डि रोपे मेयर साहब आलु र प्याज उव्जाउने छन् ।’ जनताका यस्तो यस्तो अटाक्षले मेयर उनी कुनै ठोस कदम चाल्ने आशा र विस्वास लिइएको भएपनि जनतामा निराशा छन् । उनीहरु भन्छन्–‘हामीले स्वतन्त्र उम्मेदवारलाई मतदान गर्यौं हामीबाट गल्ती भयो ।’

प्रकाशित मिति: २०८० श्रावण १६, मंगलवार ०७:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको