मिथिला नापाको आगामी बजेट ८० करोड



जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाले चालु आर्थिक बर्षकालागि ८० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका मेयर महेन्द्र महतोले प्रस्तुत गरेको बजेटमा चालु आर्थिक बर्षकालागि चालु तर्फ ६२ करोड र पुँजिगत तर्फ १८ करोड गरी ८० करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको १२ औं नगरसभाबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर महतोले कृषि, शिक्षा, स्वास्थ्य लगायतका बिषयलाई प्राथमिकतामा राखेका छन् । मेयर महतोले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा जैविक खेतीलाई प्रोत्साहन गर्न अर्गानिक मलको प्रयोगलाई बढाइबा दिइने, किसानको आय आर्जन वृद्धि गरि उत्पादकत्व क्षमता बढाउने खालका नगर कृषि कार्यक्रम सञ्चालन गरिने, माटोको उर्वराशक्ति पहिचान गरी सो अनुसारको खेतीलाई प्रोत्साहन गर्न माटो परीषण ल्यावको स्थापना गर्न पहल गर्ने नीति लिएको छ ।
त्यस्तै स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्न ब्राण्डिङ्ग गर्ने नीति लिनुका साथै कृषि प्रदर्शनी कार्यक्रम सञ्चालन गरिने , नमूना बगैचा स्थापना गरी बाँझो जग्गा, नदी उकास जग्गाहरुको संरक्षण गर्दै कृषि प्रयोजनकालागि उपयोग गरिने, कृषि बालीमा क्षति पुर्याउने बन्य जन्तु नियन्त्रणकालागि आवश्यक उपाय अवलम्बन गरिने, कृषि बातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण प्रवद्र्धन गर्ने नीति अवल्म्बन गर्ने जनाएको छ ।

नगरपालिकालाई खाद्यान्न बालीको बिऊ बिजनमा क्रमशः आत्मनिर्भर बनाइने, कृषि क्षेत्रको सिँचाइको व्यवस्थापनमा क्रमिक रुपमा सुधार ल्याउने, कृषि बालीमा लाग्ने रोग तथा किट नियन्त्रण गर्ने कार्यक्रम सञ्चालन गरिने जनाएको छ । सामूहिक कृषि खेतीलाई प्रवद्र्धन गरिने र कृषि प्रयोजनकालागि सामूहिक रुपमा सञ्चालित ईनार, डिप बोरिङ्ग, स्यालो ट्युव वेल लगायत सिँचाइ जन्य काम गर्दा विद्युत महशुल बापत लाग्ने रकममा ५० प्रतिशत अनुदान दिइने नीति लिएको छ ।

त्यस्तै पशु विकासकालागि पशुपालन व्यवसायलाई प्रोत्साहन गरी उत्पादकत्व बढाउन हिँउदे घाँस, बर्खे घाँस वितरण र डाले घाँसको वेर्ना उत्पादन गर्ने कार्यक्रमलाई प्रवद्र्धन गर्ने नीति लिएको छ । पशुपंक्षीमा लाग्ने संक्रमण् रोगहरुको रोकथाम तथा नियन्त्रणकालागि घरदैलो खोप अभियान लगायत अन्य कार्यक्रम संचालन गरिनेछ । कृषकलाई पशुपंछी पालन व्यवसाय तर्फ आकर्षित गरी नगरलाई माछा, मासु, दुध, अण्डा आदिमा आत्मनिर्मर बनाउने नीति नगरपालिकाले लिएको छ ।

दुग्ध उत्पादन क्षेत्रको पहिचान गरी दुध तथा दुग्ध जन्य पदार्थको बजारिकरणमा सहयोगार्थ लागत सहभागिता डेरिजन्य उपकरणको सामग्रीको वितरण गरिने, बाख्रापालन र गाई भैसी पालनलाई विशेष प्रोत्साहन गर्ने नीतिलाई प्राथमिकता दिई खोर÷गोठ सुधार, भकारो व्यवस्थापन, उन्नत जातको बिउ बोका वितरण गरी जुनोटिक सम्वन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने नीति लिएको छ ।
नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्थानीय वन नीति निर्माण गरी बन क्षेत्रलाई व्यवस्थित गरिने, वातावरण संरक्षण तथा भूक्षय नियन्त्रण गर्ने कार्यक्रम सञ्चालन गरिने, पानीको मुल संरक्षण तथा श्रोत व्यवस्थापन, स्थानीय ग्रामीण तथा कृषि सडक र सिँचाइको दिगो व्यवस्थापन सम्वन्धि नीति अंगिकार गरिने जनाएको छ । त्यस्तै संघ र प्रदेशका सम्वन्धित निकायहरु संग आवश्यक समन्वय गरी सांस्कृतिक सम्पदा, नदी, जंगल, बगैँचा, लात÷पोखरी तथा पदमार्गहरुको सरसफाइ कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरिने जनाएको छ ।

मिथिला सागर पोखरीयालाई स्तरोन्नती गरी आम्दानी मुलुक बनाइने जनाएको छ । मिथिलाको पाहुना, नगरको गहना भन्ने मुल नाराका साथ पर्यटन प्रवद्र्धन कार्यक्रम संचालन गरिने छ । नगर क्षेत्र भित्रका पोखरीहरुको सौन्दर्यीकरण गरी पर्यटन प्रवद्र्धनलाई प्रोत्साहन गरिने जनाएको छ । नगरक्षेत्र भित्रका महत्वपूर्ण पर्यटकीय स्थलहरुको सम्भाव्यता अध्ययन गरी पर्यटन प्रवद्र्धन गर्ने कार्यको थालिनी गरिने नीति लिइएको छ ।

शिक्षित तथा दक्ष जनशक्ति स्थानीय स्तरमै उत्पादन गर्न स्नातक तह अध्ययन गर्ने क्याम्पसको पूर्वाधार निर्माण गरी संचालन गरिने, प्राविधिक तथा सीपमुलक शिक्षाको अवसर प्रदान गर्न सामुदायिक मावि विद्यालयहरुमा प्राविधिक शिक्षा पठनपाठन हुने कार्यको व्यवस्थापन गरिने, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अनुगमन र नियमनको कार्यमा स्थानीय नगर शिक्षा समितिलाई सक्रिय बनाइने, नगरपालिका भित्र प्रारम्भिक बालविकासको क्षेत्रमा लगानी अभिवृद्धि गर्दै बालबालिकाको सर्वाङ्गिण विकासलागि एकीकृत प्रारम्कि बाल विकास कार्यक्रम सञ्चालन गरिने जनाएको छ । कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण र छपाई गरी यथाशिघ्र लागु गरिने नीति लिइएको छ ।

नीति तथा कार्यक्रममा नगरपालिकाको प्रशासकीय कार्यलाई व्यवस्थि तगर्न प्रशासकीय भवन निर्माण कार्यको थालनी गरिने, नगरपालिकाका वडाहरुको कार्यालय भवन क्रमगत रुपमा निर्माण गरिने, सवै नागरिकहरुको सुरक्षित बसोबासको उचित प्रवन्ध गर्न सुरक्षित नागरिक आवास कार्यक्रम संचालन गरिने जनाएको छ ।

 

प्रकाशित मिति: २०८० श्रावण १६, मंगलवार १०:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको