जनकपुरधाम । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई महोत्तरीको मटिहानीमा भव्य स्वागत गरिएको छ । आज विहान जनकपुरधाम पुगेका उपराष्ट्रपति यादवलाई जनकपुरधाम विमान स्थलमा पनि भव्य स्वागत गरिएको छ भने उनी मटिहानीमा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ पुगेका छन् ।
उनको भ्रमणको क्रममा सडकमा स्वागत द्वारको निर्माण गरिएको भने नागरिक अभिनन्दनको लागि भव्य पंडालको निर्माण गरिएको मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले जानकारी दिए ।
त्यसै गरी तस्मैयाबाबा पार्कमा निर्माण गरिएको झण्डाको समुद्घाटन लगायत लक्ष्मीनारायण मन्दिरमा गरिने पूजापाठ तथा अन्य कार्यक्रमका सहभागि हुने उनको कार्यक्रम तय गरिएको छ ।






