विराटनगरबाट । सशस्त्र प्रहरीले हुण्डी कारोबारको १६ लाखभन्दा बढी नेपाली रुपैयाँसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार विराटनगर –१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार नगदसहित पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजितका अनुसार साहलाई विराटनगर–७ स्थित प्रशासन रोडबाट मंगलबार पक्राउ गरिएको हो। पक्राउ परेका बेला उनी को १९ प ४४३४ नम्बरको मोटरसाइकलमा सवार थिए। उनको साथबाट स्रोत नखुलेको १६ लाख १० हजार नेपाली रुपैयाँ बरामद भएको कर्णजितले जानकारी दिए।
साहको साथबाट एक हजार दरका ८ सय ८५, पाँच सय दरका १ सय ६९, एक सय दरका ९ सय, ५० दरका ५, २० दरका १२ र १० दरको एउटा नोट बरामद भएको थियो।






