नेकपा माओवादी केन्द्रको जारी सचिवालय बैठक स्थगित



काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी सचिवालय बैठक स्थगित भएको छ । पार्टी उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण आजको बैठक स्थगित भएको जानकारी दिए । मंगलबारदेखि सुरु भएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।

बैठकमा माओवादीले जारी ‘जनतासँग माओवादी अभियान’ को समीक्षा, आगामी राष्ट्रिय सभा निर्वाचन, विधान सम्मेलन, नेपाल समाजवादी पार्टीसँगको एकता र केन्द्रिय समिति बैठकका विषयमा छलफल गरिरहेको छ ।

अर्को बैठक बिहीबार बिहान ८ बजे बस्ने छ । अर्को बैठकमा अघिल्लो प्रदेश कमिटीका इन्चार्जहरूले गरेको रिपोर्टीङको विषयमा छलफल गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: २०८० पुष ४, बुधबार १६:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको