पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री न्यौपानेको निधन



काठमाडौँ । पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगबाट पीडित उनको बुधबार बिहान भक्तपुरस्थित सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।

मृगौला रोगबाट समेत पीडित रहेका ६५ वर्षीय न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त उमाकान्त न्यौपानेले बताए । उनको तीन महिनादेखि प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो। न्यौपानेका दुई छोरा र तीन छोरी छन् ।



विसं २०५१ मा कालीकोटमा नेकपा ९एमाले० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका न्यौपाने २०५५ सालमा सूचना तथा सञ्चार सहायकमन्त्री भएका थिए । कालीकोटको रास्कोट नगरपालिका–८ फुकोट गाउँमा जन्मेका न्यौपाने साविक फुकोट गाउँ विकास समितिको अध्यक्षमासमेत भएका थिए ।

प्रकाशित मिति: २०८० पुष ४, बुधबार १७:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको