पोल्याण्ड पठाइदिन्छु भनेर ठगेको आरोपमा एक युवक पक्राउ



काठमाडौँ । पोल्याण्ड पठाइदिन्छु भनेर १ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। ठगी आरोपमा प्रहरीले धनकुटाको उपमहानगरपालिका(७ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका(१३ बालकोट बस्ने २५ वर्षीय प्रदिप बुढाथोकीलाई बानेश्वरबाट पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार बुढाथोकीले वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी कल्पना विश्वकर्मालाई पटकपटक गरी १ लाख ८० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।



उनले पोल्याण्डमा मासिक १ लाख २० हजार कमाई हुने र त्यसका लागि सात लाख ५० हजार रूपैयाँ लागत लाग्ने भनेका थिए । १ लाख ८० हजार बुझेर प्रदीप सम्पर्कविहीन भएपछि कल्पनाले प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रकाशित मिति: २०८० पुष ६, शुक्रबार १८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको