काठमाडौँमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु



काठमाडौँ । काठमाडौँमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शनिवार बिहान काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका–१ सुन्दरीजलस्थित बसपार्कमा बा २ ख २२८४ नम्बरको बसको ठक्करबाट पैदल यात्री मकवानपुर भिमफेदी गाउँपालिका–६ घर भई हाल काठमाडौँ सुन्दरीजल बस्ने २५ वर्षीय सरोज मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०८० पुष ७, शनिबार १७:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको