इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग



ललितपुर । नेपाल इन्जिनियरिङ एसोसिएसनले इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग गरेको छ। एसोसिएसनले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै इन्जिनियरहरूले न्यूनतम पारिश्रमिक तोक्न माग गरेको हो।

अनलाइन सर्भे र सरोकारवालाहरूको चरणबद्ध छलफलबाट सुझावका आधारमा इन्जिनियरको न्यूनतम पारिश्रमिक ३७ हजार एक सय ३५ हुनुपर्ने माग पनि एसोसिएसनको छ। न्यूनतम पारिश्रमिक तय नहुँदा इन्जिनियरहरू विदेश पलायन हुने क्रम बढेको एसोसियसनका अध्यक्ष हरिबहादुर दर्लामीले बताए।



दक्ष जनशक्तिको पलायनलाई न्यूनीकरण गर्न पनि न्यूनतम पारिश्रमिक तोकिनुपर्ने उनको भनाइ छ।निजी तथा गैरसरकारी क्षेत्रले सरकारी स्केलको कम्तीमा ८५ प्रतिशत तलब सुविधा दिनुपर्ने नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

मुलुकमा अहिले करिब ८० हजार इञ्जिनियर विभिन्न क्षेत्रका काममा छन्। जसमध्ये ७० प्रतिशतभन्दा बढी निजी क्षेत्रमा कार्यरत रहेको एसोसिएसनको भनाइ छ।

प्रकाशित मिति: २०८० पुष ८, आईतवार १७:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको