लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीले आइतबार शपथ लिएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार साझ माओवादी केन्द्रकी कृष्णा केसी ९नमुना० लाई ग्रामीण, खानेपानी तथा शहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग वाणिज्य तथा यातायात मन्त्री नियुक्त गरेका थिए । उनीहरुलाई प्रदेश प्रमुख प्रमुख अमिक शेरचरले सपथ खुवाएका हुन् ।
यो संगै लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या ९ जना पुगेको छ । मुख्यमन्त्री चौधरीले आठ महिनापछि मन्त्रिमण्डल बिस्तार गरेका हुन् । चौधरी बैशाख १४ गते आठ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री चौधरीले अझैंपनि एउटा मन्त्रालय आफुसँगै राखेका छन् ।
मुख्यमन्त्रीले पार्टीभित्रका समूह, भूगोल, सिनियारिटी र कार्यक्षमता नहेरी आफ्नो गुटका मान्छेलाई मन्त्री बनाएको भन्दै कांग्रेसको संस्थापन इतर समूह रुष्ट बनेको छ । सपथ ग्रहण समरोहमा पनि संस्थापन इतरका नेता कार्यकर्ताको उपस्थिति थिएन ।








