जुवातास खेलिरहेका दशजना प्रहरी नियन्त्रणमा



काठमाडौँ । जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ तहाचलस्थित काठमाडौँ महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई रु ५५ हजार तीन सय, आठ हजार भारतीय मुद्रा र एक बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।



प्रकाशित मिति: २०८० पुष ११, बुधबार १७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको