राष्ट्रपति पौडलबाट बागलुङ कालिकामा पूजाआराधना



बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गर्नुभएको छ । सातौँ बागलुङ महोत्सव उत्घाटनका लागि बागलुङ आउनुभएका राष्ट्रिपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधाना गर्नुभएको हो ।

मन्दिरका मूल पूजारी जयबहादुर खड्काबाट करिब २० मिनेट पूजा आराधनापछि राष्ट्रपति पौडेललाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभएको छ । राष्ट्रपति नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे बागलुङ बजार आइपुग्नु भएको थियो । राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालल लगायतको टोलीले स्वागत गरेका थिए ।

प्रकाशित मिति: २०८० पुष ११, बुधबार १२:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको