डेडिकेटेड र ट्रंकलाइन महसुल विवादमा सुनुवाइ चैत १ बाट, अदालत जान बाटो खुला



काठमाडौं, फागुन २९ । डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलसम्बन्धी विवादमा सुनुवाइ आगामी चैत १ गते नेपाल विद्युत् नियमन आयोगमा हुने भएको छ। आयोगले पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलसँग सम्बन्धित मुद्दामा सुनुवाइ तय गरेको जनाएको छ।

विवादित महसुल सम्बन्धी सुरूआती सुनुवाइ आयोगमा हुनेछ र आयोगको निर्णयमा चित्त नबुझेका उद्योगीहरूले अदालतमा उजुरी गर्न सक्ने व्यवस्था पनि छ। केही उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको महसुल असन्तोषजनक रहेको भन्दै आयोगमा निवेदन दिएका थिए।

आयोगले विगतदेखि विद्युत् महसुलसम्बन्धी विवादमा सुनुवाइ गर्दै आएको छ। यस क्रममा प्रचलित नियम, कानुन र विगतका निर्णयहरूलाई आधार बनाएर आवश्यक निर्णय गर्दै आएको आयोगले जनाएको छ।

पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलले निवेदनमा प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइनबाट लिइएको विद्युत् महसुल असमान्य भएको, उपभोक्ताले बक्यौता महसुल बुझाउनु पर्ने निर्णय अन्यायपूर्ण भएको उल्लेख गर्दै यसको खारेजी र क्षतिपूर्ति सुनिश्चित गरिदिन माग गरेका छन्।

सुनुवाइमा आवेदनकर्ताका कानुन व्यवसायी र प्राधिकरणका कानुन विभागका तीन अधिकारी उपस्थित हुने आयोगले जनाएको छ। ऊर्जा क्षेत्रको नियमनकारी निकायको रूपमा आयोगले यस विवादलाई कानुन तथा नियमअनुसार समाधान गर्ने दाबी गरेको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन २९, शुक्रबार ०८:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको