प्युठान । प्यूठानमा गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । प्युठानको बाग्दुलाबाट दाङको भालुवाङ आउँदै गरेको लु २ ख ३०९३ नम्बरको गाडी बुधबार दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पठाइएको डिएसपी ईश्वर थापाले जानकारी दिए । उनका अनुसार गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
प्रकाशित मिति: २०८० पुष ११, बुधवार १७:०७




