आगोले जलेर शिशुको मृत्यु



दार्चुला । दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुदाँ उहाँका चार महिनाका छोरा विजयको मृत्यु भएको हो ।



विद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो । उहाँको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो । प्रहरी र स्थानीयले आगो निभाएका थिए ।

प्रकाशित मिति: २०८० पुष १२, बिहीबार १६:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको