आज सुन चाँदीको मूल्य



काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २२ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । मंसिर १८ गते सोमबार सुनको मूल्य एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख २२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ४०० सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार ४९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २०८० पुष १२, बिहिवार १२:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको