चितवनमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु



काठमाडौँ । चितवनमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट नवलपरासीको सुनवल नगरपालिका–८, जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा लु८४ नम्बरको मोटरसाइकलले पैदलयात्री गुरुङलाई ठक्कर दिएको थियो । उनलाई उपचारका निम्ति भरतपुरस्थित एलाइभ अस्पतालमा पठाइएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: २०८० पुष १२, बिहीबार १२:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको